Case Studies

सिएसी-नेपाल र म

म यस संस्थामा २००८ साल डिसेम्बर महिनादेखि कार्यरत छु । जाडो महिना, यस संस्थाको केन्द्रीय कार्यालय, जमलमा पहिलो पटक आउँदा, यस संस्थाको कर्मचारीहरु, यहाँको कार्यालय प्रमुख (तुलसा लता अमात्यज्यू) संग भेट गर्दा यस संस्थाभित्र एक किसिमको रमाईलो, ज्यादै पारिवारिक
वातावरण रहेको महसुस गरे । भित्री मनदेखि मलाई यस संस्थामा काम गर्ने मौका पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो।

यसैबीच मैले कमर्सियल बैंकमा काम पाएँ। तर मलाई अझै पनि सिएसी-नेपालको पारिवारिक वातावरणमा सामेल हुन मन थियो । केहि हप्ता पछि मलाई यस संस्थाबाट काम गर्नको लागिबोलाइयो । मैले पनि दायाँबायाँ केहि नहेरी हुन्छ भने ।

यस संस्थामा मेरो यो साल ६ वर्ष पूरा भएको छ तर मलाई आजसम्म एक दिन पनि न्यायोलाग्ने, काम नगरु, अन्त कतै जान पाए हुन्थ्यो जस्तो लागेको छैन।

यस संस्थाबाट मैले आफ्ना साथीहरु, प्रमुखबाट धेरै ज्ञानहरु सीपहरु हासिल गरेको छु । पहिने यौनकर्मी दिदीबहिनीहरुबारे, यौनरोग, एचआईभी, एड्स, लैंगिक हिंसा, बेचबिखन जस्ता मुद्दाहरुबारे अलि अलि जानकारी भए तापनि गहिरिएर बुझ्न सकेकी थिइन । तर यस संस्थामा आएपछि मात्र महिला दिदीबहिनीहरुको अथाह पीडा तथा समस्याहरुलाई गहिरिएर बुझ्ने र महसुस गर्ने सके। जसले गर्दा भविष्यमा मैले सिकेका ज्ञान सीप, तालिम तथा अनुभवहरु यस संस्थाको लागि समर्पित गर्ने प्रतिबद्धता लिएकी छु । यस क्षेत्रमा तीस वर्षभन्दा बढी दिइसक्नु भएको यस संस्थाको कार्यकारी प्रमुखबाट पनि पेशागत तथा व्यवहारिक ज्ञान पाएको छ । उहाँले बेलाबेलामा फुर्सदमा आफ्नोअनुभवहरु सुनाउनु हुन्छ । जसले गर्दा व्यवहारिक ज्ञानहरु पनि आर्जन गरेकी छु।

सिएसी-नेपालमा आएर मेरो व्यक्तिगत क्षमता, व्यवसायिक विकास अभिवृद्धि हुनुका साथै मेरो लागि सिक्ने र अनुभूति गर्ने संगम स्थल बनेको छ ।